

गुल्मी पहिरो अपडेट : मृतकको संख्या चार पुग्यो



गुल्मी | गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ ।पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।
पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका मुना विक र बिष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् ।
मंगलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको थियो । रातिदेखि गुल्मीमा वर्षात् भइरहेको छ ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया