

नक्कली सुन देखाएर ठगी गर्ने रुपन्देही र पाल्पाका ४ जना पक्राउ


बुटवल : सुन जस्तो देखिने बस्तु देखाई सर्वसधारणबाट सुनका गहना ठगी गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले नियन्त्रणमा लिएको छ । उनीहरुले पाल्पाको तानसेन नगरपालिकाका विभिन्न ठाउँमा व्यक्तिहरुलाई भेटी सुनजस्तो देखिने बस्तु देखाई साटफेर तथा किनबेचको प्रलोभन देखाई उनीहरुसँग भएका सुनका गहना ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–५ घर भई हाल बुटवल उपमहानगरपालिका लक्ष्मीनगर बस्दै आएका ५३ वर्षीय गिरी बहादुर थापा, कञ्चन गाउँपालिका–१ बस्ने ३३ वर्षीय लक्ष्मण कुमाल, सैनामैना नगरपालिका–८ बस्ने गुञ्जबहादुर मगर र पाल्पाको तिनाउ गाउँपालिका–३ झुम्सा बस्ने ६३ वर्षीय चुरामणी गाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरुले तिनाउ गाउँपालिका–५ की ५७ वर्षीया बमीसरा रानालाई सुनजस्तो देखिने बस्तु देखाई प्रलोभनमा पारी उनीसँग भएको १ तोलाको सुनको गहना (कुण्डल) लिएर गायव भएका थिए । यसैगरी पाल्पा बगनासकाली बस्ने ६३ वर्षीया डोलकुमारी थापा तानसेन आएको समयमा १ तोला १२ लालको सुनको गहना गठी गरेका थिए भने रिब्दीकोट–७ घर भएकी ५७ वर्षीय भुमीकुमारी गाहाबाट १ तोलाको सुनको रिङ गठी गरेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
पाल्पाको टुडिखेल नजिकै शंकास्पद गतिविधि गरिरहेको अवस्थामा मँगलबार प्रहरीले ठगी गर्ने गिरोहलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट पहेलो धातु १ थान बरामद गरेको छ । यसैगरी पीडितहरुले निवेदनसाथ दिएको ३ वटा पहेलो धातु प्रहरीले बरामद गरेको हो । घटना बारे थप अनुसन्धान भइरहेको बताइएको छ ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया