

नदी कटानले कपिलवस्तुको हर्दाैना गाउँ जोखिममा





कपिलवस्तु । लगातारको वर्षा पछि कपिलवस्तुको वाणगंगा नदीमा आएको बाढीले नदी कटान गर्न थाले पछि महाराजगंज नगरपालिका वडा नं. १० हर्दौना गाउंका करीब ७ सय घर उच्च जोखिममा परेका छन् ।
नदी कटानका कारण तटीय क्षेत्रका २ घर विस्थापित भई सकेका छन् ।
वाणगंगा नदी हरदौना गाउं नजिकै कटान तीव्र हुन थाले पछि स्थानीय शिवपुजन गोडैत र उनका भाई निरहु गोडैतलाई स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए ।
नदी कटानका कारण घर बास गुमाएर विस्थापित भएका २ परिवारको गास र वासको लागि उचित व्यवस्था मिलाई दिन स्थानीय नागरिक तथा राजनैतिक अगुवाहरुले ३ वटै तहका सरकासंग माग गरेका छन् ।
राष्ट्यि सभाका पुर्व सदस्य दिर्घनारायण पाण्डेय नदी कटान गाउं हर्दौना पुगेर जोखिमयुक्त सर्वसाधारणको समस्या बारे जानकारी लिएका थिए । हर्दौना गाउंवासीको यो समस्या समाधानका लागि सरकारी स्तरबाट नदी नियन्त्रणको ठोस योजना लागु गर्नु पर्ने राष्ट्यि सभा सदस्य पाण्डेयले माग गरेका छन् ।
राती नदी गाउं पस्छ की भन्ने डरले हरदौना गाउंका अन्य घर परिवारहरु रातभर जाग्राम बस्ने गरेका छन् ।
नदीको वहाव बढे संगै हाम्रो मुटुको धडकन पनि बढ्छ । डर लाग्छ । रात भरी सुत्दैनौं, महाराजगंज नगरपालिका वडा नं. १० की चिन्की रैदासले भनिन्, “धान गहुं खाने खेत त गयो गयो अब घरबास सहित ज्यान नै जाने हो कि भन्ने डर छ ।” हाम्रो वर्षेनी यही समस्या हो तर कसैले सुन्दैन, भावुक हुदै उनी भन्छिन् ।
हरेक वर्ष नदी कटान हर्दौना गाउं तिर अघि बढे पनि यसको नियन्त्रणका लागि खासै प्रभावकारी काम गर्न नसक्दा नदीले गाउं वस्ती कटान गर्ने क्रम बढेको हो । हरदौना नदी तटीय क्षेत्रमा अधिकांश रुपमा दलित समुदायका विपन्न सर्वसाधारणहरु बस्दै आएका छन् ।
वर्षेनी आफुहरुले भोग्दै आएको नदी कटानको समस्या बारे सम्वन्धित निकायले चासो नदिंदा उनीहरु आक्रोशित समेत बनेका छन् । नदी कटानका कारण नदी तटीय क्षेत्रका कृषकहरुको करीब १ हजार विगाहा बढी खेत बगरमा परिणत भई सकेको छ ।
वाणगंगा नदीको दक्षिणी तटीय सीमा क्षेत्र पारी भारतले सिचाई प्रयोजनका लागि ठुलो क्षमताको बांध निर्माण गरेको छ ।
अघिल्ला वर्षहरुमा सो बांधमा भारतीय पक्षले ढोका वन्द गरि दिंदा नदी कटान समस्या हुदै आएको थियो । यस वर्ष भने भारतीय सिचाई बाधंको ढोका भने सवै खुला गरिए पनि कटान भने बढ्दै गएको छ ।
भारतीय सरकारले वाणगंगा नदी नियन्त्रणका लागि सन् २०२२ मा ६ अरब रुपैया लगानी गर्न डिपीआर समेत बनि सकेको थियो ।
तर जे.सी.आई.एफ.एम.को संयुक्त अन्तिम वैठक बस्न नसक्दा सो रकम फुकुवा हुन नसकेको जनताको तटवन्ध कार्यक्रम बुटवलका प्रमुख शम्भु राज पण्डितले बताए ।
वाणगंगा नदीमा लगातार पानीको सतह बढ्दै गए पछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन लगातार आग्रह गर्दै आएको छ ।
वाणगंगा नदीको बाढी तथा कटानबाट हाल सम्म ठुलो क्षति हुन नपाएको जिल्ला प्रकाशन कार्यालयले जनाएको छ । सम्भावित क्षति प्रति स्थानीय प्रशासन सतर्क र सचेत अवस्थामा रहदै आएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए ।
वाणगंगा नदीले पश्चिम तटीय क्षेत्र हरदौना गर्दै आएको नदी कटान जस्तै समस्या पुर्वी तटीय क्षेत्र यशोधरा गाउंपालिका खोरिया गाउंका सर्वसाधारणहरुले समेत भोग्दै आएका छन् ।


खबर सबै
-
लुम्बिनीका सबै मन्त्रालय तथा निर्देशनालयको सेवा नवनिर्मित भवनबाट
-
लिपुलेक नेपालकै भूमि हो : सरकारका प्रवक्ता
-
क्यानले लिग–२ शृङ्खलाको टिकट मूल्य आधाले घटायो
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
जग खन्ने क्रममा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
-
रोल्पा घटनाको तीन दिनपछि प्रधानमन्त्री कार्यालयले भन्यो- सिंगो देश शोकमग्न
-
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा











प्रतिक्रिया