जङ्गली च्याउ खाँदा अर्घाखाँचीमा तीन जना बिरामी

साझाकुरा | अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका १ चिदिकामा जंगली च्याउ खाँदा तीनजना बिरामी परेका छन् । शुक्रबार बिहान जंगली च्याउ खादा तीन जना बिरामी परेका हुन ।

बिरामी हुनेमा छत्रदेव वार्ड नम्बर १ चिदिकाका ३२ वर्षका सन्तोष नेपाली, उनकी श्रीमति २२ वर्षकि अस्मिता नेपाली र सोही ठाउँ बस्ने पुर्ण बहादुर कामी रहेका छन।

बिरामीहरुलाई उपचारको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याइएकोमा पुर्ण बहादुर कामीलाई थप उपचारको लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाईएको जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टर अशोक कुमार शाहले जानकारी दिनु भएको छ।

जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भैरहेका दुई बिरामीको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

खबर सबै