

सङ्कटमा लुम्बिनीका मुख्यमन्त्री महरा, मार्ग प्रशस्त गर्न एमालेको आग्रह

रुपन्देही । नेकपा एमाले लुम्बिनीले नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महरालाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।
एमालेका प्रमुख सचेतक तुल्सी चौधरीले पार्टीको तर्फबाट बिहीबार विहान मुख्यमन्त्री महरालाई भेटेर राजनीतिक परिस्थित् परिवर्तन भएकाले राजीनामा दिएर मार्गप्रशस्त गर्दै राजनीतिक उचाईलाई कागम राख्न आग्रह गरेको बताएका छन् ।
एमालेका मन्त्रीहरुले राजीनामा दिएर सरकार अल्पमतमा पर्नूअघि नै मुख्यमन्त्रीले राजीनामा दिँदा राजनीतिक उचाई पनि कायम रहने बताउँदै चौधरीले बरु आफ्ना मन्त्रीहरु र मुख्यमन्त्रीले सँगै राजीनामा दिएर अघि बढ्दा राम्रो सन्देश जाने सुझाव दिएको बताए ।
आफ्नो प्रस्तावमा मुख्यमन्त्री महरा सकारात्मक देखिए पनि आर्थिक वर्ष सकिन लागेका अयोजनाहरुको भुक्तानीका कामलाई अघि देखाएर अलमलको प्रतिक्रिया दिएको उल्लेख गरे । एमालेका मन्त्रीहरुले राजीनामा दिने विषयमा पार्टी केन्द्रसँगको समन्वयमा अगाडि बढ्ने उनले बताए ।
२०८० चैत २३ गते माओवादी संसदीय दलका नेता महरा एमालेसहित पाँच दल र एक स्वतन्त्र गरी ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । महरा नेतृत्वको सरकारमा एमालेबाट पाँच जना मन्त्री छन् । एमालेले समर्थन फिर्ता लिएको अवस्थामा महरासँग १८ मात्र सांसद हुनेछन् । बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक छ ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा एमालेको २९ र कांग्रेसको २७ गरी ५६ सांसद छन् । यसमा साना दलहरूलाई पनि समेट्ने एमाले र कांग्रेसको योजना छ ।
लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, नेपाली कांग्रेसका २७ माओवादी केन्द्रका सभामुखसहित ११ सांसद छन् । यस्तै, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४/४, लोकतान्तिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका ३/३, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक र एक जना तथा एकजना स्वतन्त्र गरी ८७ सांसद रहेका छन् ।
एमालेबाट संसदीय दलका उपनेता चेतनारायण आचार्यले आर्थिक मामिलासहित दिनेश पन्थी आन्तरिक मामिला तथा कानून मन्त्री, भूमिश्वर ढकाल सहरी विकास तथा खानेपानी मन्त्रालय, अर्जुन कुमार केसी वन तथा वातावरण मन्त्रालय र रत्नबहादुर खत्री सामाजिक विकास मन्त्री रहेका छन् । उपनेता आचार्यले आजै सबै मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएका छन् ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया