

भारतकाे महाराष्ट्मा बिदा मनाउन गएका एकै परिवारका चारजनाकाे डुबेर मृत्यु

भारतको महाराष्ट्र राज्यको मुम्बई नजिकै लोनावालामा आइतबार ठुलो दुर्घटना भएको छ । लोनावलामा बिदा मनाउन गएका एकै परिवारका सात जना झरनाको पानीमा बगेका थिए । झरना भुसी बाँध पछाडिको पहाडमा थियो ।
सात जनामध्ये दुई जनाले पौडिएर आफ्नो ज्यान बचाए । आइतबार तीन जनाको शव फेला परेको थियो । सोमबार अन्य दुई जनाको खोजी जारी थियो । खोजीका क्रममा थप एक शव फेला परेको थियो । योसँगै यस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बेपत्ता एक जनाको खोजी जारी रहेको बताइएको छ ।
सो क्षेत्रमा धेरैजसो मानिसहरू मनसुनमा बिदा मनाउन आउने गरेका छन् । आइतबार पीडितको परिवार पनि पिकनिकको लागि मुम्बईबाट ८० माइल टाढा रहेको लोनावाला गएको थियो । आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण बाँध पानीले भरिएको थियो । जसका कारण झरनामा पानीको बहाव बढ्यो । घटना भिडियो क्यामेरामा कैद भएको छ । जसमा परिवारका सदस्यहरू एक अर्कालाई समातेर ढुङ्गामा उभिएको देख्न सकिन्छ ।
केही मिनेटमै पानीको तीव्र बहावमा परिवार नै बगे । उनीहरूले सहयोगका लागि हार गुहार गरेको पनि सुनिन्छ । तर पानीको बहाव तीव्र हुँदा मद्दतका लागि कोही पनि जान सकेनन् । यो घटना आइतबार दिउँसो १ः३० बजेको हो ।
घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी घटनास्थलमा पुगेको थियो । उनीहरूले डोरी र ट्रेकिङ गियरले पीडितहरूलाई उद्धार गर्ने प्रयास गरेका थिए । प्रहरीका अनुसार पर्यटकहरू झरनामा चिप्लिएर जलाशयमा डुबेका थिए ।
एजेन्सी ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया