

नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक गुप्ता घुससहित रंगेहात पक्राउ


कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा स्थित नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचन प्रसाद गुप्ता शुक्रवार दिउसो २ बजेतिर ३५ हजार घुस सहित रंगेंहात पक्राउ परेका छन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलको टोलीले गुप्तालाई पक्राउ गरेको हो । कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियार कार्यालय बुटवलले जनाएको छ । गुप्तालाई नापी कार्यालयको नजिकै रहेको चिया पसलबाट नियन्त्रणमा लिइएको थियो ।
पक्राउ परेका गुप्ता घुस नलिई कामै नगर्ने प्रवृत्तिका रहेको सेवाग्राहीले बताए । पक्राउ परेका गुप्ताको गोजीमा थप ५० हजार समेत रहेको थियो ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया