
भिजिट भिसामा विदेश पठाउने भन्दै ८२ लाख ठगी गर्ने व्यक्ति दुबईमा पक्राउ

बाँके । भिजिट भिसामा विदेश पठाउने भन्दै विभिन्न व्यक्तिबाट करिब ८२ लाख रुपैयाँ ठगीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । ठगी गरेर फरार रहेका बाँके खजुरा गाउँपालिका–६ सिमलघारीका ३० वर्षीय कमल विश्वकर्मा दुबईमा पक्राउ परेका हुन् ।
नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा विश्वकर्मालाई दुबईमा पक्राउ गरी नेपाल ल्याएको छ । वैदेशिक रोजगार विभागका अनुसार विश्वकर्माले भिजिट भिसामा दुबई पुर्याइदिने भन्दै विभिन्न व्यक्तिबाट ८२ लाख रुपैयाँ बराबर ठगी गरेको उजुरी परेको छ । उनीविरुद्ध ०७९ असार १२ गते १८ जनाले ठगी गरेको भन्दै विभागमा उजुरी दिएका थिए ।
वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार उजुरी लगत्तै विश्वकर्मालाई पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको थियो ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया