

रुपन्देहीमा फरार भएका ७ जना पक्राउ



बुटवल : रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसलाले विभिन्न मुद्दामा कैद सजाय भई फरार भएका ७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै प्रतिवादीहरू एउटै वडा (कोटहीमाई गाउँपालिका वडा नम्बर १) का रहेका छन् ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले प्रतिवादीहरूलाई पक्राउ गरेको तथा सोमबार उनीहरूलाई जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानका लागि पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताए ।
- को–को पक्राउ परे ?
डीएसपी भट्टका अनुसार २०७१ चैत १९ को फैसलाले चोरी मुद्दामा १ महिना कैद र ६ हजार ९ सय ६० रुपैयाँ जरिवाना फैसला भएको कोटहीमाई–१ बस्ने प्रेम सागर यादव रहेका छन् ।
त्यस्तै २०६७ मङ्सिर २९ को फैसलाले कुटपिट लुटपाट मुद्दामा ४ सय रुपैयाँ जरिवाना भएका मंगरे लोध, सोही मितिको फैसलाले सोही मुद्दामा ४ सय जरिवाना भएका दुबर लोध, राजमति लोध, चम्पा लोध, प्रेमा लोध र आसरे लोध रहेको रुपन्देही प्रहरीले जनाएको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया