

पाकिस्तानमा भारी वर्षा, ८७ जनाको मृत्यु

अघिल्लो हप्ता पाकिस्तानमा भारी वर्षाका कारण ज्यान गुमाउनेको सङ्ख्या ८७ पुगेको छ । ८२ जना घाइते भएका छन् । भारी वर्षा, बाढी तथा चट्याङलगायतका कारण जनधनको क्षति भएको छ । मुख्यगरी उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा धेरै क्षति भएको छ । त्यहाँ ३६ जनाको ज्यान गएको छ ।
राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणकाअनुसार देशभर दुई हजार ७ सय १५ वटा घरमा आंशिक वा पूर्ण रुपमा क्षति पुगेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले हालैको भारी वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा राहत कार्यलाई तिब्रता दिन र वर्षाका कारण बन्द भएका सडकहरू खुलाउने कामलाई तिव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
तस्बिर : एजेन्सी


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया