

अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु


अर्घाखाँची : अर्घाखाँचीमा बस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
जिल्लाको शितगंगा नगरपालिकामा बिहीबार भएको बस दुर्घटनामा परी घाइते शितगंगा ८ लाहापेका १३ वर्षिय प्रज्ज्वल बुढाथोकीको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।
सुपादेउराली मन्दिर दर्शन गरी दाङ जाँदै गरेको रा १ ख १५०५ नम्बरको बस गोरूसिङ्गे सन्धिखर्क सडकखण्डको शितगंगा ४ कोप्चिबासमा दुर्घटना हुंदा प्रज्ज्वल सहित १७ जना घाइते भएका थिए । घाइते सबै दाङको गढवाका हुन् । घाइतेहरुको बुटवलका विभिन्न अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए ।
बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया