

लुम्बिनीमा अर्को साता अन्तर्राष्ट्रिय पिस म्याराथन हुने



गौत्तम बुद्धको जन्मभूमि लुम्बिनीमा अर्को साता लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन हुने भएको छ ।
फेस्टिबल नेपाल टुरिजम बोर्ड, नेपालस्थित चिनिया राजदुतावास, लुम्बिनी विकास कोषलगायतको आयोजनामा अर्को साताको शनिवार उक्त म्याराथन हुन लागेको हो । लुम्बिनी अन्तर्राष्ट्रिय पिस फेस्टिबलअन्तर्गत आगामी शुक्रबारदेखि भने दुई दिनसम्म फेस्टिबल हुनेछ ।
फेस्टिबलअन्तर्गत लुम्बिनी अन्तर्राष्ट्रिय मेडिटेसन डे र लुम्बिनी पिस कन्सर्ट पनि हुनेछ । आयोजकका अनुसार पुरुष म्याराथन, हाफ म्याराथन महिला, पुरुष र महिलाको पाँच किलोमिटर खुला दौड र पाँच किलोमिटर स्कुल ब्वाइज र गल्र्सको पनि प्रतिष्पर्धा हुनेछन् ।
म्याराथनमा शीर्ष १० भित्र पर्ने खेलाडीले नगद पुरस्कार पाउनेछन् । शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः पाँच लाख, तीन लाख र दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् । चौथोले एक लाख, पाँचौंले ८० हजार र छैटौंले ६० हजार रुपैयाँ हात पार्नेछ । महिला हाफ म्याराथनमा पहिलोले दुई, दोस्रोले एक लाख ६० हजार र तेस्रोले एक लाख २० हजार रुपैंया जित्नेछन् ।
पाँच किलोमिटर खुला दौडतर्फ शिर्ष तीनमा रहनेले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । पाँच किलोमिटर स्कुल ब्वाइज र गल्र्समा पनि शिर्ष तीन स्थानमा रहनेले १५ हजार, १० हजार र पाँच हजार रुपैंयाको पुरस्कार पाउनेछन् ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया