

बुटवलमा सडेको मासु बिक्रीमा राखेको फेला



बुटवल । बुटवलका केही मासु पसलले सड्न लागेको अवस्थामा पुगेको मासुसमेत बिक्रीका लागि राखेको पाइएको छ । बुटवल उपमहानगरपालिकाले बुधबार बुटवलको नेपालगन्ज रोड र इँटाभट्टीका ११ वटा मासु पसलमा गरिएको अनुगमनका क्रममा सडेगलेको मासु बेचेको, सरसफाइमा ध्यान नदिएको, खसीबोका र कुखुराको मासु एकै ठाउँमा भण्डारण गरेको पाइएको हो ।
बुटवल उपमहानगरले यसअघि दसैँको समयमा गरेको अनुगमनमा पनि बुटवलका केही मासु पसलमा फ्रिजमा सडेको अवस्थामा मासु भेटिएको थियो । मिठाई पसलमा अनुगमन गर्दासमेत ढुसी परेको मिठाई फेला परेको थियो । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उपभोक्तामाथि खेलबाड गर्ने र सडेगलेको कुहिने अवस्थामा पुगेको मासु बिक्री गर्ने मासु व्यवसायीलाई अन्तिम पटक सचेत गराइएको र दुई मासु पसललाई पाँचरपाँच हजार रुपियाँ जरिवाना गराइएको बताउनुभयो । उहाँले मासु व्यवसायमा मनपरी बढ्दै गएको र नियमन गर्दै पशु वधशालाबाट मात्रै मासु ल्याएर बिक्रीका लागि सचेतना फैलाउने काम भइरहेको बताउनुभयो । बुटवल उपमहानगरपालिकाले उपभोक्ता हित संरक्षण मञ्च, मासु व्यवसायी सङ्घ, होटल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, व्यापार सङ्घ प्रतिनिधिसहितको अनुगमनका क्रममा मनपरी गर्ने व्यवसायीलाई सचेत गराउने र गल्ती दोहो¥याएमा थप कारबाही गर्ने जनाएको छ । मासु पसलले सफा र स्वच्छ मासु उपलब्ध नगराउने र उपभोक्ताको हितविपरीत बिक्री वितरण गर्ने गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने उपमहानगरले चेतावनी दिएको छ ।
बुटवल उपमहानगर पशुपन्क्षी विकास शाखाका झविन्द्र बन्जाडेले मासु पसल मापदण्ड अनुसार सञ्चालन नभएको बताउँदै मापदण्डमा नआउनेलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो । अनुगमन शाखा अधिकृत ठगिश्वर पोखरेलले अनुगमनका क्रममा सचेत गराइएकालाई नियम पालना नगरेमा कारबाही अगाडि बढाइने बताउनुभयो । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुद्र जिसीले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेर खानै नहुने अवस्थाको मासु बिक्री गर्ने मासु व्यापारीलाई कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले अनुगमन गर्दा मिठाई पसल र केही खाद्यान्न पसलमा समेत मिति नाघिसकेको सामान बिक्री गर्ने गरेको पाइएको बताउँदै केही मिठाई दुकान अत्यन्त फोहोर रहेकोसमेत पाइएकोले सचेत गराएको बताउनुभयो । गोरखापत्र अनलाइनबाट ।


खबर सबै
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई







प्रतिक्रिया