

दाङको देउखुरीमा यात्रुबाहक बस दुर्घटना

दाङ : दाङको देउखुरीमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । बिहीवार राति ९ बजेको समयमा दाङको तुलसीपुरदेखि काठमाडौं जाँदै गरेको रा १ ख ३१३२ नम्बरको यात्रुबाहक बस लमही नगरपालिका – ६ कुलमोहर नजिकै दुर्घटनामा परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।
बसमा ३६ जना यात्रुहरू सवार रहेका थिए । उनीहरू सवै सकुशल रहेका छन् । बस अनियन्त्रित भइ पल्टिएको प्रहरीले बताएको छ । उद्दारमा सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखोलाबाट सशस्त्र प्रहरी, अस्थायी ट्राफिक पोष्ट लमही र वडा प्रहरी कार्यालय लमहीबाट नेपाल प्रहरी घटनास्थलमा खटिएको थियो ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया