

स्वर्गद्वारी, रेसुङ्गा र सुपादेउराली जोड्न सार्वजनिक यातायात चलाउने तयारी


अर्घाखाँची : पश्चिम नेपालका तीन प्रमुख धार्मिक गन्तव्य प्युठान स्वर्गद्वारी, गुल्मी रेसुङ्गा र अर्घाखाँची सुपादेउराली जोड्ने गरी सार्वजनिक यातायात चलाउने तयारी गरिएको छ ।
अर्घाखाँची सुपादेउरालीबाट झिमरुक गाउँपालिका, प्युठान मच्छी हुँदै स्वर्गद्वारी तीर्थस्थलसम्म र गुल्मी तमघासबाट झिमरुक गाउँपालिका, प्युठान मच्छी हुँदै स्वर्गद्वारीसम्म नियमित यातायात सेवा सञ्चालन गर्ने उद्देश्यले प्युठान झिमरुक गाउँपालिकाले पहल थालेको छ ।
यसका लागि गाउँपालिकाले शुक्रबार छलफलका लागि बोलाएको छ । गाउँपालिकाले प्युठानको गौमुखी बस यातायात व्यवसायी प्रालि, अर्घाखाँचीको देउराली यातायात प्रालि र गुल्मीको गुल्मी यातायात प्रालिसँग समन्वय गरी सार्वजनिक यातायात चलाउने तयारी गरिएको हो ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया