

नट बोल्ट नकसिएका कारण अमेरिकामा उडिरहेकाे विमानबाट झ्याल खसेकाे पाइयाे



एजेन्सी : अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएको घटनामा छानबिन हुँदा नट बोल्ट राम्रोसँग नकसिएको पाइएको छ । विमान बोइङ ७३७ म्याक्स ९ एसको निरीक्षणको क्रममा नट बोल्टहरु खुकुलो रहेको पाइएको निरीक्षणमा सहभागी युनाइटेड एअरलाइन्सले जनाएको छ ।
गएको शुक्रवार अमेरिकाको ओरेगनबाट ओन्टारियो गइरहेको अलास्का एअरलाइन्सको विमानमा हावाको प्रेसरले विमानको एक भाग भाँचिएर छुट्टिएको थियो । तर विमान सकुशल अवतरण भएको थियो । त्यसपछि युनाइटेड एअरलाइन्सले विमानको निरीक्षण गरेको हो ।
विमानले फेरि सेवा शुरू गर्नुपूर्व विमानका सबै पार्ट्सहरू जाँच गरिने एअरलाइन्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यो विमान निर्माण गर्ने बोइङ एयरलाइन्सले विज्ञप्ति निकालेर दुर्घटनाको बारेमा सचेत रहेको र आफ्ना ग्राहकबाट थप जानकारी लिइरहेको जनाएको छ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया