

बाणगंगामा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता : कसले कुन नतिजा ल्याए ?



कपिलवस्तु । ५९ औं बाल दिवस र शिक्षा दिवसको अवसरमा कपिलवस्तुको बाणगंगा नगरपालिमा आधारभूत तह विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरिएको छ ।
मंगलबार बाणगंगा नरपालिकाको आयोजनामा सम्पन्न आधारभूत तह (६–८) सम्मको नगरस्तरीय प्रतियोगितामा स्काईलार्क बोडिङ्ग स्कूल प्रथम भएको छ भने, ज्ञानपुञ्ज बोडिङ्ग स्कूल द्वितीय¸ हिलबर्ट बोडिङ्ग स्कूल तृतीय र कपिलवस्तु विद्या मन्दिरले सान्तवना स्थान हासिल गर्न सफल भएका छन ।
प्रतियोगितामा नगरपालिका भित्रका संस्थागत र सामुदायिक गरी ३६ विद्यालयले नाम दर्ता गराएका भए पनि प्रतियोगितामा जम्मा ११ विद्यालयले मात्रै सहभागिता जनाएका नगर शिक्षा शाखा प्रमूख खिमबहादुर जिसीले ईसाझाकुरासँग बताउनुभयो ।
नगर प्रमूख चक्रपाणी अर्यालयको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर शिक्षा शाखा प्रमूख जिसीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । उहाँले विद्यालयसँगै विद्यार्थीहरुमा ज्ञानको विकास गराउन नगरपालिकोल शैक्षिक कार्यक्रमहरुलाई जोड दिएको भन्दै सहभागि सबै विद्यालय र विद्यार्थीहरुलाई धन्यवाद दिनुभयो ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान प्राप्त विद्यालयका प्रतियोगि समुहले क्रमशः नगद ७ हजार, ५ हजार ५ सय, ४ हजार र २ हजार पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा वडा नम्बर २ र ३ का वडा अध्यक्षहरु सहित विभिन्न विद्यायलका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया