विन्दाको प्रेम (भाग–४)

विन्दा खतिवडा ।


आधा प्रेम मेरो तिमिलाई, तिम्रो प्रेम आधा
तिमी मेरो कृष्ण कनैया, म चाहिँ तिम्रो राधा
अटुट प्रेम मन मुटुको, तिम्रो बियोग ज्यादा
हाम्रो मिलन कैले हुन्न सधैं विघ्न बाधा ।।

शब्द कोषका लाखौं शब्द सापटी माग्दै आफू भित्रका भाव रित्ताउनु पर्ने थियो मलाई। उमेरले २० पनि नभएकी म ९ बीस झै बोल्छे भन्नू हुन्थ्यो हजुर आमा ।

न कुनै आउने आस, न गुमाउने डर, साच्चै अब म आजाद थिएँ स्वतन्त्र प्रेम गर्न । अनि उसको नाम राखी दिएँ आज मैले “ प्रेम“!! मेरो हराएको प्रेम, प्रेम म तिम्रो प्रेमीका कुन बेला भएकी थिएँ । तिम्रो अनुमति बिना नै तिम्रो मन भित्र बास बस्ने आट गर्नु कति सम्म जायज थियो वा हक ? तिम्रा याद यो हृदयमा कैदी छ्न तर तिमी आएनौ।

जवानिको फुल
हावाले लियो बास्ना
मन्द मुस्कान छर्थे ओठ
बिर्सेए ती हाँस्न
तर तिमी आएनौ
मनलाई लाग्यो आहट तिम्रो
हराएर गए मुस्कुराहट मेरो
गजल बने गीत ,बने शुर ताल
लारखराएका पाईला मेरा
बिग्रीए ताल माल
तर तिमी आएनौ।
बर्षात गयो हेमन्त गयो
शरदले काट्यो डाँडा
बसन्तको हुरिबतास चल्यो
झ¥यो गुलाफ बाँकी भो काँडा
तर तिमी आएनौ।
आशाको दियो झिल्मिलायो
बाटोमै नयन अल्मलायो
सकियो तेल निभ्यो दियो
नजर अझै बाटो मै थियो
रोयो मन दुख्यो मुटु
आँसु आँखामा टिल्पिलायो
तर तिमी आएनौ ।।

लेख्दा लेख्दै यो प्रतीक्षा कता र कसरी समाप्त हुन्छ होला? अनि छ नि यो याद को पनि सकिने म्याद भैदिए पनि त हुन्थ्यो नि ?

“जब मनको स्थिति र परिस्थितिमा खैला बैला हुन्छ तब एक अशान्त दिमाग ठूलो युद्द भन्दा पनि खतरनाक हुन्छ।”
उस्को बियोग हा! हा! हा! कत्रो न मिलन भए झैँ । आफुलाई सम्हालेर लानु पर्छ, अघि बढनु पर्छ पढ्नु पर्छ। म अब यो एक कथा मात्रै सोच्न थालँे मात्रै एक कथाको पात्र । उ मेरो “ प्रेम “ “बिन्दा को प्रेम“

कहीले काही सोच्छु …….!
ज्वरो नाप्ने थर्ममीटर भए जस्तै भाग्य नाप्ने कर्ममीटर र पिडा नाप्ने मर्ममीटर भैदिए सबैको दुःखको अन्त्य हुने थियो होला है।

उस्लाई त न अत्तो छ, न पत्तो । एक झलक मै यो दिल दिनु मेरो मुर्खता बाहेक अरु केही होईन ।

आज मेरा ईच्छा एक्ला छन, एक्लो छ यो जिन्दगानी, स्वभिमानीहरु आफ्नै सौखमा छ्न म लेख्दैछु आफ्नै कहानी ।
फुल बर्से झै झमाझम बर्सिन थाल्यो फेरि घाम पानी, भिज्न थाले म कुद्न थाले एक्लै छु म भाग्यमानी । हिजो उ नदेख्दा मै उस्का आभास बोकेकी मैले देखे पछि त मेटिने कुरो नै कहाँ थियो र ?
राम्रो सँग थाहा छ मलाई पीर भनेको मनको पाहुना हो अनि यो मन खुसीको राजधानी पनि । अब म तिम्रा याद लाई मीठो स्थान दिन खोज्दैछु ।
सम्झनाको देशमा छन एक राजा म एक रानी, आज ईच्छा एक्ला छ्न एक्लो छ यो जिन्दगानी । फेरि थपिदैछ यो कहानी, झरी बादल बर्षा, हिउँद सब आएर गए कि गएर आए, अत्तो पत्तो छैन । तिम्रो प्रेमको कैदी भएँ, धारा ऐन कानुन के के चले म अजान मुर्छित कैदी तिम्रो प्रेमको । फेरि समयको रफ्तार सँग चल्दैछ बिहानी सुरु भएकै छैन मेरो प्रेम कहानी ।
राम्रोसँग थाहा छ मलाई समय बरदान हो तर म बर्बाद गर्दै थिएँ त्यो मान्छेका लागि जस्को मलाई नाम सम्म थाहा छैन।
तिम्रो जिन्दगीको सबै भन्दा ठूलो गल्ती
तिमी सोच्दैछौ कि तिमी सँग धेरै समय छ।
समय फोकट मिल्छ तर
बुझे की यो अनमोल छ
तिमि किन्न सक्दैनौ
उपयोग गर्न सक्छौ
सदुपयोग गर्न सक्छौ
तर आफू सँग राख्न भने सक्दैनौ
त्यो खर्च गर्न सक्छौ तर
खरिद गर्न सक्दैनौ
एकचोटि निस्केर गयो त
फिर्ता लेराउन सक्दैनौ
अब बिचार गर्नु छ समयमा समयको के गर्ने भनेर। मेरो मन लाई बुझाउन आफै रुवाउथे आफैं फकाउथे म ।
सब शान्त र निरन्तर चल्दै थियो जीवन ।

गतिशील समय सँगै धेरै कुरा बदलिनु अनौठो कुरा होइन तर हामी अनौठा मान्छौ! मानिस विवेकशील प्राणी हो भनेर तपाईं हामी सबैले सहर्ष स्विकार गरेका छौ । किन भने हामी मानिस हौ र हामी आफुले आफुलाइ विवेकशील मान्छौ । यहाँ सोच्नु पर्ने कुरा के आउँछ भने हामी आफुलाइ बिबेकसिल मान्छौ मात्रै तर भएको विवेक प्रयोग गर्न धेरै ठाउँ चुक्छौ र अत्यमा गुनासो रहन्छ, हामी सङ्ग फलानो बद्लिएर गयो, मैले के गर्या थिएर आदि त्यादी । तर उसले आफुलाइ आफ्नु समय अनुकुल बनायो परिवर्तन चायो उस्ले किन ??
उसले परिवर्तनको महसुस गर्यो !

आफू सङ्ग विवेक छ भने अरुको लागि भनेर पिडाको बाटो होइन आफ्नु लागी भनेर हासो अनि खुसिको बाटो रोजौ जहाँ बदलाब जरुरी छ, त्यहा बिबेक प्रयोग गरौँ किनभने परिवर्तन सन्सारको नियम हो !!

खुसी शब्द हेर्दा सारै छोटो अनि राम्रो लाग्ने गर्छ तर जब ब्यबहारिक रुपमा खुसी शब्द आउँछ नि तब यो सगरमाथा भन्दा कम अनि ठुल ठुला माहासागर भन्दा गहिरो हुने गर्दछ !! हासो, खुसी दुख, रोदन सबै जिवनका अङ्गहरु हुन जहाँ जीवन त्यहा यिनिहरुको स्पर्श शतप्रतिशत हुन्छ । हासो,खुसी,दुख रोदन बेगर कसैको जीवनको अस्तित्व सम्भव नै हुदैन !! हामी आफु बिचमा भएको हासो र खुसीलाई नजर अन्दाज गर्छौ र अरु केही कारण नभएर आफू माझ भएको खुसी हामीले नदेख्दा त्यही कुरा दुख अनि रोदन भनेर निस्किन्छ । कसरी ?? अरे बिश्वास लागेन ? ल आउनुस खुसिलाइ परिभाषित गरौ । खुसी के हो त ? जब आफू भित्रका तरङ्गहरु आनन्दित हुने गर्दछ, मनमा अस्थिरता हुदैन, जब मन शान्त हुन्छ तब यी सबैको समायोजन खुसी हो । अब कुरा गरौ यस्तो कसरी हुन्छ ? जब हामीले आशा गरेका सबै पाउछौ । हो नि हैन ? तपाईं खुसी हुन तपाइले आश गरेको सबै कुरा तपाइले पाउनु पर्छ भने तपाईं बाट कसैले केही आश गर्छ भने त्यसको के ? सोच्नु भएको छ ? म ज्ञान् का कुरा छाड्छु आफैं सँग र आफै भित्रको खुशिलाइ समेट्ने प्रयासमा निस्कन्छु । मानौं कि न दिब्य ज्ञान् पस्किने दाता नै भैसकेँ ।

मेरा शब्द र अक्षर बाट धेरै परिवर्तित भै सकेका थिए तर म भने भित्र भित्रै मर्दै थिएँ, उस्का यादमा र उस्लाई भुलाउने प्रयासमा ।

तिमीलाई भुल्नु मेरो ठूलो उपलब्धि हुनेछ यति कसरत मैले तिमीलाई पाउन पनि गर्नु परेको थिएन।
कुरा तिनीहरुसित गर्नुस, जो तपाईं सङ्ग बोल्न चाहान्छ्न ।
जहाँ तिमी रिसाउदाँ फकाउने वा आफ्नु कदर नै छैन भने त्यहाँ रिसाउन छोडिदिनुस्। कुनै नाता भाडाको कोठा जस्तै हुन्छ्न जति सझाए पनि आफ्नु हुँदैन्न्। हो म अब उ प्रती गुनासा नगर्ने र आफू नरिसाउने प्रयासरत थिएँ । आफैलाई दिलाशा दिदै म हिड्दैछु।
तर मनै न हो एकैछिन माने जस्तो गर्थ्यो अनि फेरि उहि पुरानो पारा ।
फुरुङ्ग केही रंग उडे झै मन उडेको छ, खैं कता ?
खाली कसैको खबर कुर्दैछ मन, यो कता कता।

फेरि आयो होली। हिजो उस्ले रंग लगाएको थियो र पो होली , होली जस्तो भएको थियो मलाई । म बाहिर सम्म निस्कने प्रयासमा छैन, घरको छत बाटै सबैले होली खेलेको लोला , पिच्कारि हानेको हेर्दै थिएँ । सब मस्त छ्न, म पनि आफुलाई हानेको नमन परे पनि अरुलाई हान्न लोला भर्दै थिएँ, आज रंगिएको छ बाटो यो रंग बिरंगका कलरले । सिन्दुरे जात्रा जस्तो भएको छ । अझ यो होली हो! भन्दै होली टोली , गाडी , बाईक, पैदल आदि मा हिड्दैछन् , हामी छ्त बाट पानी फाल्दैछौ।

घाम लागेको छ भर्खर , सब आनन्द नै छ,
छैन मनमा कलेस, दुःख पीडा मन्द छ,
छैन आँखामा कसैको आज पीर पनि
लेख्न सकेकै छैन मैले मेरो कहानी ।

ख्याल ख्याल जस्तो गरि मैले पोहोर सालको होलीमा आएको को थियो सोधे मेरो साथी सरुलाई, उ होली खेलिरहेकी थिइ रोकिएर भनी को हो ?
मैले भने त्यही के त अग्लो थियो नि मलाई रँग दलिदिने ।
उस्ले हास्दै भनी त्यो त हामी सँग तीन कक्षा मा पढेको प्रयास हो नि ।
मैले फेरी सोधँे को प्रयास ?
सरु भन्छे : ल बस्नेत बा के त ? डि .एस.पि कि के थिए नि । सरुवा भएर तराई गएका उनको छोरो । हाम्रो सानू बेलाको साथी ।
मैले भने, अनि ।
सरु ः के अनि, आएको थियो गयो ।
त्यस्को मामा गर यहि तल त छ नि, मामा घर आको होला ?
ए! म झल्यास भएँ
त्यो क्यापसमा चिठी दिने उहीँ थियो त ? दौडेर चिट्ठी खोले सब कुरा छर्लङ्ग भयो । एकबर्ष सम्म बुझ्न नसकेको कुरा सरुको एक जवाफले स्पष्ट पार्यो।
आज आएर लाग्यो वर्षाैँ भरी को होला के होला भनेर बसेको मैले नाम दिएको प्रेम प्रयास थियो । मेरो बाल्यकालको साथी ।

प्रयासले रंग दलि एक चिट्ठी दिएर भेट्ने प्रयास सम्म गरेन।
म फेरि घुर्की र गुनासाका पोका बाध्न थाले।
साले बोल्न हुँदैन र त्यस्लाई। को को हुँ सोचेको होला?
एक बर्ष सम्म कति तड्पिए म ….

अघि सम्म घाम लागेको थियो अब भर्खर बादल बर्सेर उडे जस्तो भयो,
दयनीय हुँदै छट्पटीई म कयौं रात प्रेमी सम्झेको मेरै साथी थियो । तर के उस्ले फेरि बोल्न आउनु परथ्यो नि , प्रयासलाई सम्झि कतै रिस उठ्यो र कतै आनन्द पनि । रिस उस्ले नभेटेर थियो भने आनन्द, म फेरि भेट्छु भन्ने आसले थियो ।

यस अघिका कथाहरु

 

बिन्दाको प्रेम : अध्याय एक

 

विन्दाको प्रेम (अध्याय २)

 

बिन्दाको प्रेम (अध्याय–३)

 

प्रतिक्रिया