
संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने

संघीय संसद्का दुवै सदनको अधिवेशन वैशाख २८ गते सुरु हुने भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अधिवेशन आह्वान गरेका हुन्।
वजेट अधिवेशनसमेत भनिने बर्खे अधिवेशन वैशाख २८ गते दिउँसो २ बजेका लागि आह्वान भएको राष्ट्रपति कार्यालयले जनाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले मंगलबारमात्रै राष्ट्रपतिसमक्ष अधिवेशन आह्वानको सिफारिस गरेको थियो।
यसअघि पनि सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि अधिवेशन आह्वान गरेका थिए, तर पछि तयारी नपुग्ने भन्दै सरकारले नै अधिवेशन स्थगित गर्न राष्ट्रपतिलाई आग्रह गरेको थियो।
वैशाख २८ गते सुरु हुने अधिवेशनमा सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नेछ। बजेट संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते सार्वजनिक हुनेछ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया