नेम्वाङको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् ।

“संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले म मर्माहत र स्तब्ध भएको छु,” राष्ट्रपति पौडेलले भनेका छन् । उनले दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया

खबर सबै