नेपालले आज जापानसँग भलिबल खेल्दै

बीसौँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बुधबार आयोजक जापानविरुद्ध खेल्दैछ । नेपाल र जापानबिचको प्रतिस्पर्धा अपरान्ह ४ बजेदेखि कोमाकीस्थित पार्क एरिनामा सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालले समूह चरणमा इन्डोनेसियाविरुद्ध पनि खेल्नेछ । भलिबलमा जापान तुलनात्मकरूपमा नेपालभन्दा बलियो टोली हो ।

आजको खेलमा नेपाल एफआईभीबी विश्व वरियताको छैटौँ स्थानमा रहेको जापानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ । ताजा वरियतामा नेपाल ६९औँ स्थानमा छ ।

एसियाली खेलकुदमा महिला भलिबल टोलीले लगातार दोस्रोपटक प्रतिस्पर्धा गरिरहेको हो । सन् २०२३ मा चीनको हाङ्झाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले ११औँ स्थान हासिल गरेको थियो । रासस 

प्रतिक्रिया

खबर सबै