राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ ।

बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्द्धन गर्न/गराउन नागरिक समाज तथा सबै सरोकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष २९ भदौमा राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ ।

यही १० भदौमा भोटेकोसीहुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा धनजनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका स्वयम्‌ नै घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संंरक्षण गर्नुपर्ने आवश्यकता छ ।

त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्शलगायतका सेवा उपलब्ध गराउन राज्य तल्लीन रहेको राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बताए । यस अवसरमा आज परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रमको आयोजना गरेका छन् ।

प्रतिक्रिया

खबर सबै