दाइसँग बाणगंगा खोलामा नुहाउन गएका भाइको शव भारतको बगुलवा खोलामा भेटियो


कपिलवस्तु | शनिबार साँझ बाणगंगा नदिमा आएको बाढीमा परी बेपत्ता भएका १० वषीय बालकको मृत अवस्थामा शव फेला परेको छ । बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित बाणगंगा नदिमा एक्कासी आएको बाढी परी बेपत्ता भएका सोही वडा बस्ने १० वर्षी बुद्ध लामाको शव भारतको बगुलाह खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक डिएसपी रिपेन्द्र कुमार सिंहका अनुसार नेपाल भारत सीमा देखि २ किलो मिटर दक्षिणमा भारतीय क्षेत्रको बगुलाह खोलामा बालकको शव फेला परेको हो । नेपाल तर्फको बाणगंगा नदिमा खोजी गर्दा नभेटिएपछि प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा खोजी कार्य गरेको उनको भनाइ छ ।

अहिले भारतको सोहरतगण थानामा भारतीय प्रहरीले उनको शव नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । नेपाल प्रहरले मृतक बालकका आफन्तसँगको समन्वयमा घटनाको बाँकी प्रक्रिया पुरा गर्ने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

आफ्ना दाई सँग खोलाम नुहाउन गएका बुद्ध लामा नदिमा आएको बाढीमा परी बेपत्ता भएका थिए । उनका दाई १८ वर्षीय रिदम लामाको भने प्रहरीले शकुसल उद्धार गरेको थियो ।

प्रतिक्रिया

खबर सबै