झारनासक विषादीको प्रयोगमा कृषकको आकर्षण, असर कति ?

राजेन्द्र खनाल, कपिलवस्तु । असार साउनमा रोपेको धान खेतमा यतिबेला अनावश्यक घाँस र झार उम्रिएपछि किसानहरु यतिबेला धानबाली भित्रको घाँस मार्ने उपाय स्वरुप विभिन्न औषधिको प्रयोग गरिरहेका छन् ।

धानबालीबाट राम्रो उत्पादन लिनका लागि पछिल्लो समय विभिन्न विषादीको प्रयोगबाट धानमा लाग्ने विभिन्न रोग तथा किराको उपचार गरिरहेका किसानालाई धानखेतमा उम्रिने अनावश्यक झार र घाँसले पनि दुख दिने गर्दछ ।

समय परिवर्तनसँगै मानिस पनि सोखिन हुन थालेका हुन् । केही वर्ष अघिसम्म किसानलाई झारनाशक विषादी बारे खासै जानकारी थिएन । तर पछिल्लो समय किसानहरूमा झारनाशक विषादीको प्रयोग बढ्दो छ ।

कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमूख भाष्कर पौडेलका अनुसार पछिल्लो समय धानबालीमा किसानको लागत बढ्दा गोडमेल नगरेर विषादीको प्रयोगमा बढी जोड दिने गरेका हुन । यसको प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास ल्याई दिर्घकालिन रुपमा असर पार्ने गर्दछ । प्रमूख पौडेलका अनुसार धानबालीको उच्चतम बृद्धी र उत्पादनका लागि खेतको माटोमा अक्सिजनको मात्रा मिलाउन झारलाई विषादीको प्रयोगबाट भन्दा खेतमै गएर निकाल्दा बढी फाइदा हुन्छ ।

अनावश्यक रूपमा उम्रने झारले गोडमेल गर्न धेरै समय लाग्ने हुनाले अहिले किसानहरूले झारनाशक विषादीको प्रयोग गर्न थालेको भए पनि यसले बालि र माटो दुबैमा असर पुग्ने उहाँको ठम्याइ छ । अहिले कपिलवस्तुका प्राय सबैजसो क्षेत्रमा किसानले धानबाली भित्रको झार निकालिरहेका छन् भने कतिपयले झारनासक विषादीको प्रयोग गरिरहेका छन् । बजारमा खासगरी यतिबेला ब्युटाक्लोर, ग्लाइफोसेट, पाराक्वाट जस्ता झारनासक विषादीको प्रयोग बढी हुने गरेको छ ।

अघिकाशं किसानले धान रोप्ने बेलामा नै खेतमा झारनाषक औषधीको प्रयोग गर्ने गर्छन भने पछि पनि धानमा झार मार्ने औषधी छर्ने गर्दछन् । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित सप्रीरहेको धान खेतमा उम्रिएको घासलाई मार्न बिषादी छर्दै गरेका एक किर्षकले विषादी छरेपछि झार निकाल्ने झन्झट हटेको बताए ।

झारनाशक विषादीको प्रयोगले उम्रिएको झार हटाउन आवश्यक जनशक्ति पनि चाहिँदैन । झार निकाल्नुपर्ने समस्या नै टर्ने भएकाले झारनाशक विषादीमा किसानको आकर्षण बढ्दो छ । तर यसको असर भने दिर्घकालिन रुपमा पर्ने कृषि विज्ञको अध्ययन छ ।

‘तीन–चार वर्ष अघिबाट सुरु भएको विषादीको प्रयोग हाल किसान माझ व्यापक हुन थालेको छ’ यस विषयमा आवश्यक ध्यान दिनुपर्ने भन्दै कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमूख भाष्कर पौडेलले भन्नुभयो, ‘समयको अभाव, कृषकमा लाग्ने जनशक्ति कमी, ज्याला लगाउँदा बढी हुन जाने उत्पादन लागत, व्यावसायिक कृषितर्फ किसानहरूको आकर्षण आदिका कारण पनि सहजता अपनाउने क्रममा किसान विषादीतर्फ आकर्षित भएका हुन् । तर किसान कुन विषादीको प्रयोग कति मात्रामा प्रयोग गर्ने विषयमा जागरूक हुन जरुरी छ ।’ पौडेलले आफू कार्यालयमा हाजिर भएको एक हप्ता मात्रै भएकाले अहिले कति किसानले कुन ुकन विषादीको प्रयोग गरेका छन् भन्ने तथ्याङ्क अझै अध्ययन नगरेको भन्दै विषादीले धानमा असर भने गरिरहेको साझाकुरासँग बताउनुभयो ।

प्रतिक्रिया