

पाकिस्तानसँगको पहिलो एकदिवसीयमा अफगानिस्तान ५९ रनमा अलआउट



काठमाण्डौ
पाकिस्तानले पहिलो एकदिवसीयमा अफगानिस्तानलाई १ सय ४२ रनले हराएको छ ।
जितका लागि २ सय २ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १९ ओभर २ बलमा ५९ रनमा अलआउट भयो ।
अफगानिस्तानका आजमतुल्लाह ओमरजाई १६ र रहमानउल्लाह गुरबाजले १८ रन बनाए ।
उसका अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पाकिस्तानका हरिस रौफले ५ विकेट लिए । शाहिन शाह अफ्रिदीले २ तथा नसिम शाहले एक विकेट लिए ।
त्यसअघि श्रीलंकाको महिन्दा राजपक्ष मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान ४७ ओभर १ बलमा २ सय १ रनमा अलआउट भएको थियो ।
पाकिस्तानका इमाम उल हकले सर्वाधिक ६१ रन बनाए ।
अफगानिस्तानका मुजिबउर रहमानले ३ विकेट लिए । मोहम्मद नाबी र राशिद खानले समान २ विकेट लिए ।
जितसँगै तीन एकदिवसीय खेलमा पाकिस्तानले १–० को अग्रता बनाएको छ ।
दोस्रो खेल भोलि बिहीवार र तेस्रो खेल शनिवार हुनेछ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया