

सानिमा बैङ्क जितपुरद्धारा दुईजना विद्यार्थीलाई १ लाख सम्मको छात्रवृत्ति कार्यक्रम घोषणा

कपिलवस्तु । नेपाल सरकारबाट ‘क’ वर्गको मान्यता पाएको सानिमा बैङ्क लिमिटेड जितपुर शाखा कपिलवस्तुले स्थानीय २ जना विद्यार्थीलाई एक लाखसम्मको छात्रवृत्ति दिने घोषणा गरेको छ । बैङ्कको सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नु पर्ने शीर्षकको रकमबाट ५० हजारका दरले स्थानीय २ जना विद्यार्थीलाई १ लाख रुपैयाँको छात्रवृत्ति दिन लागिएको बैङ्कले जनाएको हो ।
एसईई २०७९ उत्तीर्ण गरेका र कक्षा ११ र १२ मा अध्ययनका लागि तयारीमा रहेका विद्यार्थीले यो छात्रवृत्ति पाउने वैंकका शाखा प्रमूख सुर्य खनालले जानकारी दिनुभयो ।
वैँकले प्रदान गर्ने यो छात्रवृत्ति प्राप्त गर्नका लागि विद्यार्थीले कम्तिमा तीन वर्षदेखि सामुदायिक विद्यालयमा अध्ययन गरेको हुनुपर्ने उहाँको भनाई छ । कक्षा ८,९ र १० मा सरकारी विदालयबाट उत्तिर्ण गरेका विद्यार्थीहरु मध्ये, गरिब , विपन्न तथा जेहेन्दार विदार्थीहरुका लागि छात्रवृत्ति कार्यक्रम ल्याइएको उहाँले जानकारी दिनुभएको छ ।
यसको लागि बैङेकले सार्वजनिक सुचना नै जारी गरेको छ । सुचना अनुसार सरकारी विद्यालयबाट २०७९ सालमा एसईई दिएकामध्ये आवेदनका आधारमा गरिब, विपन्न तथा जेहेन्दार ठहरिने विद्यार्थीलाई छात्रवृत्ति दिइने उल्लेख छ ।
यहि भाद्र ३१ गतेसम्म विद्यार्थीले आवेदन फाराम भरेको हुनुपर्ने छ भने आवेदन दिने विद्यार्थीहरु गरिब तथा विपन्न वर्गबाट हुनुपर्ने छ । बैङ्कका शाखा प्रमुख सूर्य प्रसाद खनालले योग्यता पुगेका विद्यार्थीलाई समयमा नै आवेदन भर्न आग्रह गरे । जितपुर शाखाले विगतका बर्षमा पनि यो छात्रवृत्ति दिएको थियो ।
विगत ११ बर्षदेखि उपत्यका बाहिर शाखा रहेका स्थानीयबासीलाई ध्यानमा राखेर यो कार्यक्रम गरिरहेको बैङ्कले छात्रवृत्तिबाट उच्च शिक्षा हासिल गर्न विद्यार्थीलाई सहज हुने विश्वास लिएको छ ।

https://www.sanimabank.com/know-us/notices/sanima-scholarship-notice


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया