
कपिलवस्तुबाट ८ जना भए नेविसंघ केन्द्रीय सदस्य मनोनित

कपिलवस्तु । कपिलवस्तु जिल्लाबाट ८ जना नेपाल विद्यार्थी संघका नेताहरु केन्द्रीय सदस्यमा मनोनित भएका छन् । नेपाली कांग्रेस निकट विद्यार्थीहरुको संगठन नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्यका लागि कपिलवस्तुका विभिन्न स्थानमाबाट ८ जना विद्यार्थीहरु मनोनित भएका हुन ।
कपिलवस्तुका विद्यार्थी नेताहरु माधव पौडेल, टिआर पाण्डे, कृष्ण गिरी, संदिप यादव, दिपेन्द्र रेग्मी, मञ्जु विश्वकर्मा, कृष्ण आचार्य र शिखर प्रसाद आचार्य नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा सोमबार मनोनित गरेका हुन् । सभापति देउवाले ७७ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी ७१० केन्द्रिय सदस्य मनोनयन गरेका थिए ।
माधव पौडेल नेविसंघका कार्यवाहक कपिलवस्तु जिल्ला सभापति समेत हुन । टि।आर पाण्डे नेविसंघको निर्वाचित क्षेत्रीय प्रतिनिधि जिल्लामा नेविसंघ नेताको रुपमा चिनिन्छन । मनोनित भएका अन्य विद्यार्थी नेताहरु नेविसंघ कपिलवस्तुमा सक्रिय रहेका छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया