

दाङ : महिलाले उत्पादन गरे चप्पल, बिक्री गर्न पालिकाले सहजीकरण गर्ने

दाङ
दाङको गढवा गाउँपालिका वडा नम्बर २ का महिलाहरुले चप्पल उत्पादन व्यवसाय सुरु गरेका छन् । कोठरीका सिर्जनशील लघु उद्यमशील समूह र पचाहको लालीगुराँस उद्यमशील समूहमा आबद्ध महिलाहरुले चप्पल उत्पादन व्यवसाय सुरु गरेका हुन् ।
‘आर्थिक समृद्धिको आधार, लघु उद्यम मार्फत रोजगार’ भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाले स्थानीयलाई चप्पल उत्पादन सम्बन्धी तालिम दिएको थियो । गढवा गाउँपालिका उद्यम विकास शाखाले आयोजना गरेको तालिमबाट सिप सिकेर चप्पल उत्पादन गर्न थालेको सिर्जनशील लघु उद्यमशील समूहकी सचिव संगिता चौधरीले जानकारी दिइन् । ‘पालिकाले तालिम आयोजना गरिदियो अब त सजिलै हरेक डिजाइनका चप्पल बनाउन सक्ने भयौं’ सचिव चौधरीले भनिन् ।
कोठरीको हरियाली बाल उद्यान पार्कमा आयोजना भएको एक दिने बजारीकरण सम्बन्धी अन्तक्रिया कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले स्थानीय महिलाहरुले उत्पादन गरेका चप्पलको बजारीकरणका लागि सहजीकरण गरिदिने बचन दिए । गाउँपालिकालाई समृद्ध बनाउन गाउँपालिकावासीले आफ्नो क्षमता अनुसार केही न केही व्यापार व्यवसाय गर्नैपर्ने बताउँदै उनले त्यसका लागि हरेकखालको सहयोग गर्न पालिका प्रतिबद्ध रहेको बताए ।
गढवा गाउँपालिकाले स्थानीय महिलाहरुलाई साबुन उत्पादनको पनि तालिम दिएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया