

ग्रीसमा आगो निभाउन खटिएको वायुसेनाको विमान दुर्घटना : दुई जना पाइलटको ज्यान गयो


काठमाण्डौ
ग्रीसमा आगलागी नियन्त्रण गर्न र आगो निभाउन प्रयोग भएको वायुसेनाको एउटा विमान दुर्घटना भएको छ ।
ग्रीसको रक्षा मन्त्रालयले विमानमा दुई जना पाइलट रहेको र दुवैको ज्यान गएको जनाएको छ ।
ग्रीसकाे फायर सर्भिसका प्रवक्ता यानिस एर्टोपियोसले दुर्घटना इभिया टापुमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।
ग्रीसको जंगलमा केही दिनदेखि आगो लागेको छ । आगो फैलिएपछि नियन्त्रणको प्रयास भैरहेको छ।
उच्च गर्मी र डढेलोको कारण ग्रीसमा जनजीवन प्रभावित भएको छ । तीव्र हावाको कारण जङ्गल र वरपरका बस्तीमा डढेलोको जोखिमपछि हजारौँलाई सुरक्षित ठाउँमा सारिएको छ ।
ग्रीसको रोड्स र कोर्फु टापुको जङ्गलमा लागेको डढेलोबाट हजारौँ स्थानीयबासिन्दा र पर्यटकलाई सुरक्षित ठाउँमा सारिएको हो ।
ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले आफूहरु आगोको ज्वालासँग युद्धमा रहेकोे बताउनुभएको छ ।
विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ग्रीसले गएको हप्ता मात्रै ३५ हजार हेक्टर वन तथा अन्य जमिन डढेलोका कारण प्रभावित भएको जनाएको छ ।
राजधानी एथेन्समा ४१ डिग्री सेल्सियस र मध्य ग्रीसमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको राष्ट्रिय मौसम पूर्वानुमानकर्ताले जनाएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया