

जंगलमा अनियन्त्रित आगो, १९ हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारियो


काठमाडौं । ग्रिसको एक जंगलमा भिषण आगलागी भएपछि १९ हजार भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । मानिसरुको स्थानान्तरण जारी रहेकाले यो संख्या अझ बढ्न सक्ने छ ।
लोकप्रिय पर्यटकीय क्षेत्र रोड्स द्वीपबाट १९ हजार मानिसहरुलाई स्थानान्तरण गरिएपछि अर्को द्वीप कोर्फुबाट पनि मानिसहरुलाई स्थानान्तरण गर्न सुरु गरिएको छ । आइतबार बेलुका ग्रिसको आपतकालीन सेवाले सूचना जारी गर्दै कोर्फु द्वीपका आधा दर्जन बस्ती खाली गराउन निर्देशन दिएको छ ।
बीबीसीका अनुसार देशको अग्निशमन सेवाले यो आगलागीको सामनालाई सबैभन्दा कठिन घटना भनेको छ ।
ग्रिसमा केही सातायता भयंकर गर्मी छ । त्यहाँको तापक्रम ४० डिग्री सेन्टिग्रेड भन्दा बढी छ । यही गर्मीको बेला ग्रिस आगलागीको चपेटामा परेको हो । गत मंगलबारदेखि नै तीव्र हावासँगै जंगलको आगो अनियन्त्रित भएर फैलिइरहेको छ ।
आगोबाट जोगिन धेरै मानिसहरु आफ्नो थातथलो छाड्न बाध्य छन् । यद्यपि आगलागीबाट मानवीय क्षति भने नभएको ग्रिसको जलवायु संकट र नागरिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मानिसहरुलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानका होटलहरुमा लगेर राखिएको छ ।
बीबीसीका अनुसार किओतारी क्षेत्रमा तीन होटल आगोमा जलेका छन् । लेर्मा, लार्डोस् र एक्सिलपियो क्षेत्र आगोबाट प्रभावित भएका छन् । आगो निभाउनका लागि पाँच वटा हेलिकप्टर र १७३ अग्नि नियन्त्रक सहितको टोली खटिएका छन् ।
आगलागीले उत्पन्न संकटका कारण त्यहाँको सरकारले सोमबारको सार्वजनिक विदासमेत स्थगित गरेको बीबीसीले जनाएको छ ।
पर्यटकबीच लोकपि्रय मानिने गि्रक द्वीपको पूर्वी क्षेत्रबाट समुद्री तट हुँदै मानिसहरुलाई सुरक्षित स्थानमा लैजानका लागि निजी डुंगा चालक र तटरक्षक बल सक्रिय छन् । ग्रीक नौसेनाका जहाज पनि सो क्षेत्रमा परिचालन गर्ने तयारी भरहेको छ ।
भिडियो फुटेजहरुमा आकाशमा धुँवाको मुस्लो उठेको र पर्यटकहरु आफ्नो लगेजसहित लामो लाइन लागेर सो ठाउँ छोडिरहेको दृष्य देखिन्छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया