

युक्रेनले तत्काल नेटोको सदस्यता नपाउने निश्चित


एजेन्सी
युक्रेनले तत्काल उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्यता नपाउने निश्चित भएको छ ।
लिथुआनियाको राजधानी विलनियसमा दुई दिनसम्म भएको नेटो सम्मेलनमा युक्रेनको सदस्यता मुख्य विषय बनेको थियो । तर, स्वीडेन नेटोको नयाँ सदस्य बन्ने निश्चित भए पनि युक्रेनलाई सदस्यता दिनेबारेमा भने सम्मेलनले कुनै निर्णय गरेन ।
नेटोमा आबद्ध देशहरूले रुससँगको लडाइँमा युक्रेनलाई थप सैन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनलाई नेटो सदस्यताको बाटोमा सहयोग गर्ने बताउनुभएको छ । त्यस्तै, नेटोका प्रमुख जेन्स स्टोल्टनबर्गले यो बैठक ऐतिहासिक भएको तर युक्रेनलाई सदस्यता दिनेबारे कुनै निर्णय नभएको बताएको बीबीसीले जनाएको छ ।
युक्रेनले सदस्यता पाउन पहिले आर्थिक, राजनीतिक र सैन्य मापदण्डहरु पूरा गर्नुपर्नेछ । सन् १९४९ मा स्थापना भएको नेटोमा शुरुवाती समयमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्सलगायत १२ देश सहभागी थिए । त्यसपछि युरोप र उत्तर अमेरिकासहित ३१ सदस्य पुगेको छ । अब स्वीडेन पनि थपिएको छ ।
नेटोमा आबद्ध देशमा कहीँकतैबाट आक्रमण भए सबैले प्रतिरक्षा गर्ने सहमति छ । युक्रेन नेटोमा आबद्ध हुन लागेको विषय उठाएर रुसले अघिल्लो वर्ष फेब्रुअरीमा आक्रमण सुरु गरेको थियो ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया