

एसइइमा उत्कृष्ट नतिजासहित गौतमबुद्ध मा.विमा विज्ञान विषयमा पनि पढाइ सुरु हुँदै



राजेन्द्र खनाल, कपिलवस्तु : कपिलवस्तुको बुद्धभुमि नगरपालिका गोरुसिँगे स्थित श्री गौतमबुद्ध माध्यमिक विद्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा एसइइमा ९५ प्रतिशत उत्कृष्ट नतिजा प्राप्त भएको जनाएको छ । केही दिन अघि सार्वजनिक भएको एसइइ २०७९ को नतिजा अनुसार यो विद्यालयबाट उत्कृष्ट नतिजा प्राप्त भएको विद्यालयले जनाएको हो ।
गत वर्ष समेत उत्कृष्ट नजिता प्राप्त गर्दै नमुना विद्यालयको रुपमा परिचय बनाएको गौतम बुद्ध माविले प्रोत्साहनमा आधारति अनुदान समेत प्राप्त भएको विद्यालयका प्रधानाध्यापक शिशिर अर्यालले बताउनुभयो । कपिलवस्तुमा सामुदायिक विद्यालय तर्फ एक फरक पहिचान बनाएको यो विद्यालयले यसपटक समेत उत्कृष्ट नतिजा प्राप्त गर्दै कक्षा ११ तर्फ विभिन्न विषयमा विद्यार्थी भर्ना सुरु भएको उहाँले बताउनुभयो । उहाँका अनुसार विद्यालयले यस पटक कक्षा ११ तर्फ विज्ञान विषयको कक्षा समेत संचालन गर्ने भएको छ । कक्षा ११ मा नयाँ भर्ना हुने विद्यार्थीले अब गौतमबुद्ध माविमा विज्ञन समुहमा समेत अध्ययन गर्न पाउने प्रअ अर्यालले बताउनुभयो ।
यस बाहेक गौतम बुद्ध माविले कक्षा ११ का लागि व्यवस्थापन, शिक्षा, मानविकी, सिभिल ईञ्जिनियरीङ् समुहका लागि पनि भर्ना शुभारम्भ भएको जनाइएको छ । यस बाहेक कम्प्युटर साइन्सको कक्षा समेत यो विद्यालयमा संचालनमा रहेको छ । विद्यालयमा प्रयोगशाला, पुस्तकालय, छात्र/छात्रावासको समेत व्यवस्था रहेको विद्यालयले जनाएको छ ।
विद्यालयमा २०७४ साल देखि सिभिल ईन्जिनियरिङको कक्षा संचालनमा आएको थियो भने यस वर्ष देखि कक्षा ११ मा विज्ञान समुहका विषयको पनि पढाइ सुचारु गर्न विद्यार्थी भर्ना खुल्ला भएको प्रधानाध्यपाक अर्यालले बताउनुभयो । कपिलवस्तु जिल्लामा लगातार उत्कृष्ट नतिजाका साथ जिल्लामै नमुना विद्यालयको रुपमा स्थापित भएको यो विद्यालयले विभिन्न पुरस्कार तथा अनुदानका कार्यक्रम समेत हात परिसकेको छ ।
विद्यालयमा हाल अंग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन हुने गरेको छ ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया