

दादुराका कारण १३ बालबालिकाको मृत्यु



सुडान
सुडानको ह्वाइट नाइल राज्यको आन्तरिक विस्थापन शिविरमा दादुराको प्रकोप फैलिँदा हालैका हप्ताहरूमा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको एक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले जानकारी गराएको छ ।
‘डाक्टर्स विदाउट बोर्डर्स’ अर्थात् ‘मेडिसिन्स सान्स फन्टियर्स (एमएसएफ)’ को सुडानी शाखाद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “स्थिति गम्भीर छ । शंकास्पद दादुरा र बालबालिकामा कुपोषण सबैभन्दा अत्यावश्यक स्वास्थ्य समस्या हो ।
एमएसएफको ट्वीटमार्फत् सम्प्रेषित विज्ञप्तिमा भनिएको छ, “सुडानको ह्वाइट नाइल राज्यमा द्वन्द्वबाट भाग्ने मानिसहरूको सङ्ख्या बढ्दो छ । नौवटा शिविरमा मुख्यतया महिला र बालबालिका गरी लाखौँको सङ्ख्यामा मानिसहरू बसिरहेका छन् ।”
गैरसरकारी संस्थाले गत जुन ६ देखि २७ सम्म ह्वाइट नाइल शिविरमा दादुराका शंकास्पद २२३ बालबालिकाको उपचार गरेको थियो भने १३ जनाको मृत्यु भएको छ । एमएसएफले सहयोग गर्ने दुईवटा क्लिनिकबाट ७२ जनालाई उपचार गरिरहेको छ ।
विज्ञप्तिमा भनिएको छ, “हामीले हरेक दिन दादुराको शंकास्पद बिरामी बालबालिकालाई ल्याइरहेका छौं । गैरसरकारी संस्थाका अनुसार जुन महिनामा यी दुई क्लिनिकमा कुल तीन हजार १४५ जना बिरामी आएका छन् ।
उनले भने, “जति धेरै मानिस आउँछन्, सहयोग, खोप, पोषण सहायता, आवास, पानी र सरसफाइजस्ता सेवा तत्काल बढाउन आवश्यक छ ।
वर्षायाम नजिकिँदै छ र हामी यस क्षेत्रमा पानीजन्य रोग र औलोको प्रकोप बढ्दै गएकोमा चिन्तित छौं ।”
गत अप्रिल १५ मा सुडानी सशस्त्र बल (एसएएफ) र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीच युद्ध सुरु भएयता सुडानी शरणार्थीको सङ्ख्यामा तीव्र वृद्धि भएको छ ।
संयुक्त राष्ट्रसंघीय आप्रवासन निकाय (आइओएम)को तथ्यांकअनुसार करिब २८ लाख मानिस पलायन भएका छन् । रासस/एएनआई


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया