

आउँदो मङ्गलवारदेखि गर्मी केही कम हुने मौसमविद्को अनुमान



काठमाण्डौ । नेपालमा आउँदो मङ्गलवारदेखि गर्मी केही कम हुने मौसमविद्ले अनुमान गरेका छन् । अरब सागरमा विकसित भएको बीपरज्वए आँधी र बङ्गालको खाँडीमा विकसित न्यूनचापीय अवस्थाका कारण आउँदो मङ्गलवारदेखि नेपालमा बदली भइ गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिनुभयो । यी दुई वटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मङ्गलवार वा बुधवार मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना देखिएको उहाँले बताउनुभयो ।
आज मनसुन भारतको केरलाको सबै भागसहित कर्नाटकका केही भाग र बङ्गालको खाडीको पूर्व र उत्तरभागमा पुगेको छ । त्यहाँ आउँदो ४८ घण्टामा मनसुन थप सक्रिय हुने भारतको मौसम विभागले जनाएको छ ।
चाँडो सक्रिय भइरहेको मनसुनलाई अरब सागरको आँधी र बङ्गालको खाडीको न्यूनचापीय अवस्थाले चाँडो नेपालतर्फ धकेल्ने भएकाले नेपालमा गर्मी घट्ने दिन नजिकिएको जलवायुविज्ञ उप्रेतीले बताउनुभयो।
यसैबीच आज स्थानीय वायुका कारण काठमाण्डौ उपत्यकामा गर्मी सामान्य घटेको छ । देशका केही ठाउँमा पानी पनि परेको छ । पछिल्लो तीन घण्टामा म्याग्दीको घोरेपानी र सिन्धुलीको कुशुमटारमा १७ मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । आज ताप्लेजुङ, सोलुखुम्बु, दोलखा, मकवानपुर, कास्की, प्युठान, रोल्पा लगायतका जिल्लामा पनि सामान्य वर्षा भएको छ ।
तराई मधेसका जिल्लामा खपिनसक्नुको गर्मी उस्तै छ । मध्य र पश्चिम तराईका धेरैजसो ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । तराई मधेसका जिल्लामा तातो हावा चल्ने क्रम जारी नै रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ ।
तातो हावाबाट बच्न घरभित्र अर्थात् चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, टोपी लगाउन, नियमित पानी तथा जुस, सर्बत प्रशस्त मात्रामा पिउन विज्ञले आग्रह गर्दै आएका छन् ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया