

कपिलवस्तु नगरपालिकाले पनि दियो विद्यालयमा गर्मी बिदा



कपिलवस्तु । अत्यधिक गर्मी बढेसँगै कपिलवस्तुको कपिलवस्तु नगरपालिकाले विदालयमा बिदा दिएको छ । अहिले अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । त्यसको प्रत्यक्ष असर सबैभन्दा बढी विद्यालयमा परेको छ । गर्मीका कारण पठनपाठन गर्न समस्या भएपछि कपिलवस्तु नगरपालिको बिदा दिएको हो ।
कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालका अनुसार तराई क्षेत्रमा केही दिनदेखि बढ्दै गएको अत्यधिक गर्मीका कारण विद्यालयहरूमा पठनपाठनका क्रियाकलाप सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकाले पाँच दिनका लागि गर्मी बिदा दिइएको बताउनुभयो । नगरपालिका भित्र जेठ २२ गतेदेखि जेठ २६ गतेसम्म सम्पूर्ण विद्यालयहरूमा गर्मी बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउनुभयो ।
यता जिल्लाको बाणगंगा नगरपालिकाले पनि गर्मी बिदा दिएको छ । नगरपालिकाका प्रधानाध्यापकहरुको शुक्रबार बसेको बैठकले सोमबारबाट लागु हुने गरी जेठ २८ गते सम्म विद्यालयमा बिदा दिएको हो ।


खबर सबै
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
अमृते सामुदायिक वनको १७ औँ साधारणसभा : आयआर्जन र सामाजिक विकासलाई प्राथमिकता
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु






प्रतिक्रिया