
कपिलवस्तु र लुम्बिनी भारतको नक्सामा राखिएपछि बागमती प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित

काठमाडौं। बागमती प्रदेशसभाले नेपालको भूमि समेटेर भारतले आफ्नो देशको संसद भवनमा नक्सा राखेको विषयमा विरोध गर्दै संकल्प प्रस्ताव पारित गरेको छ । आज बसेको प्रदेशसभाको बैठकमा नेकपा एमालेका सांसद तथा प्रमुख सचेतक मधुसुधन पौडेलले पेस गरेको संकल्प प्रस्ताब सर्वसम्मतिले स्वीकृत गरेको हो ।
भारतले नेपालको लुम्बिनी कपिलवस्तु लगायतका नेपालका भूभाग समेटेर आफ्नो संसद् भवनमा नक्सा राखेकोमा प्रदेशसभाको ध्यानाकर्षण भएको र उक्त नक्सा सच्याउन कूटनीतिक रुपमा नेपाल सरकारले पहल गर्नुपर्ने भन्दै पौडेलले संकल्प प्रस्ताव पेश गरेका थिए ।
प्रमुख सचेतक पौडेलले प्रदेशसभा नियमावली २०७४ को परिच्छेद १३ बमोजिम संकल्प प्रस्ताव पेश गरेका थिए । उनले पेश गरेको संकल्प प्रस्तावलाई प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले निर्णायार्थ पेश गरेका थिए ।
संंकल्प प्रस्ताव पेश गर्नका लागि प्रदेशसभा नियमावलीको नियम निलम्बन गरिएको थियो । सत्तारुढ दल नेकपा माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्नप्रसाद ढकालले प्रदेशसभा नियमावली २०७४ को नियम २११ को उपनियम १ बमोजिम नियम निलम्बन गरेका थिए ।
पौडेलले प्रस्ताव गरेको संकल्प प्रस्तावलाई नेपाली कांग्रेसका सचेतक कुन्दनराज काफ्ले,माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकाल,राप्रपाकी सचेतक कुमारी तामाङ,नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनाल र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले समर्थन गरेका थिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया