

अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ



अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा आजदेखि शुभारम्भ भएको छ । पहिलो चरणमा लुम्बिनी प्रदेशभित्र सञ्चालन हुने सवारीसाधनका लागि अस्थायी बाटो इजाजतपत्र (पटके) सेवा प्रदान गर्न थालिएको हो ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पहिलो दुई जना सेवाग्राहीलाई अस्थायी बाटो इजाजतपत्र प्रदान गर्दै बिहीबार सेवाको शुभारम्भ गरेका हुन ।
यातायातसम्बन्धी सेवा लिन अन्य जिल्लामा जानुपर्ने बाध्यता हटाउँदै जिल्लाबाटै सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरिएको छ ।
यसबाट अर्घाखाँचीका नागरिकलाई यातायातसम्बन्धी सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ । प्रदेश सरकारले दिएको कार्यादेशअनुसार आम नागरिकलाई सहज, छरितो र प्रभावकारी ढङ्गले सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख दुर्गा न्यौपानेले बताए ।
उनले कार्यालयबाट प्रदान गरिने सेवालाई व्यवस्थित र नागरिकमैत्री बनाउँदै सेवाग्राहीलाई अनावश्यक झन्झट नहुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।


खबर सबै
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने
-
अर्घाखाँचीबाट यातायात व्यवस्था कार्यालयको सेवा शुभारम्भ
-
नेपालले आज जापानसँग भलिबल खेल्दै
-
सिद्धबाबा नजिकै कारमाथि ढुङ्गा खस्दा तीन जना घाइते
-
सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी






प्रतिक्रिया