

अन्तरिक्षमा जाने पहिलो अरबी महिला बर्नावी अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा





एजेन्सी
अन्तरिक्षमा जाने पहिलो अरबी महिला रेयाना बर्नावी अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुग्नुभएको छ ।
अमेरिकाबाट आइतवार प्रक्षेपण गरिएको स्पेस एक्सको फल्कन–९ रकेटमार्फत् एक्सिओम स्पेसको दोस्रो निजी मिसनमा गएका दुई जनामध्ये रेयाना बर्नावी एक हुनुहुन्छ ।उहाँ अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएसमा १० दिन रहने योजना छ ।
आईएसएस पुग्नुअघि अन्तरिक्षमा खिचिएको भिडिओमा उहाँले आफूमा र मानवतामा विश्वास गर्नुपर्नेमा जोड दिनुभएको छ । बर्नावीसँगै पुरुष अन्तरिक्षयात्री तथा मिसन विशेषज्ञ अली अलकर्नीसँगै रहनुभएको बीबीसीले जनाएको छ ।
साउदी अरबमा महिलाहरूले आफैँ गाडी चलाउने अधिकार सन् २०१८ मा मात्रै पाएका थिए ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया