

सुडानमा सेना र अर्धसैनिक बलबीच भएको युद्धविरामको पालना भएन, विष्फोटका घटना जारी


एजेन्सी
सुडानमा सेना र अर्धसैनिक बलबीच ७२ घण्टे युद्धविराम भए पनि पालना भएको छैन । युद्धविरामकैबीच राजधानी खार्तुमसहित विभिन्न शहरमा लडाइँ तथा विष्फोटका घटना भएका छन् ।
अमेरिका र साउदी अरबको मध्यस्थतामा लडाइँ सुरु भएको दशौँ दिन हिजो बिहानदेखि ७२ घण्टे युद्धविरामको सहमति भएको थियो । तर सुडानको सेना र र्यापिड सपोर्ट फोर्सेस (आर.एस.एफ)बीच लडाइँ भैरहेको समाचार संस्था एपीले जनाएको छ ।
वैशाख २ गतेदेखि दुई पक्षबीच सुरु भएको द्वन्द्वमा चार सय ६० जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । युद्धमा ज्यान गुमाउनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । राष्ट्रसङ्घीय निकायले झण्डै दु्ई लाख सुडानी नागरिक सुरक्षाको खोजीमा छिमेकी देशमा पुगेका बताएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया