
केही पनि बधाईका कार्यक्रम नराखिदिनु होला, देशभर गर्नु पर्ने काम धेरै छ : रवि लामिछाने

काठमाण्डाै
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई विजयी गराएकोमा धन्यवाद दिँदै कही पनि बधाईका कार्यक्रम नराख्न आग्रह गर्नु भएको छ ।
सामाजिक सञ्जालमार्फत उहाँले आज चितवनको इच्छाकामना क्षेत्रको कार्यक्रमपछि अन्य कुनै पनि ठाउँमा कुनै कार्यक्रम नराख्न आग्रह गर्नु भएको हो । चितवन २ सहित देशभर गर्नु पर्ने काम धेरै रहेको भन्दै उहाँले चुनावी प्रतिस्पर्धाको घेराभित्र कहिल्यै नरहने प्रतिबद्धता पनि जनाउनु भएको छ ।
लामिछानेले प्रतिस्पर्धी दल र उम्मेदावरसहित आम नागरिकबाट रचनात्मक सहयोग र सद्भाव प्राप्त हुनेमा विश्वस्त रहेको बताउनु भएको छ । गएको आइतबार चितवन २ मा भएको उपचुनवमा सर्वाधिक मतान्तरको रेकर्ड राख्दै लामिछाने विजयी हुनु भएको छ । कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने पराजित हुनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई दोहोरो नागरिकता प्रकरणमा सर्वोच्च अदालतले गएको माघ १३ गते दोषी ठहर गरी सांसद पद खारेज गरेपछि चितवन–२ मा उपचुनाव भएको हो ।



खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया