
बाबुराम भट्टराईको १६ वर्ष पुरानो किर्तिमान रवि लामिछानेले तोडे, पार्वत गुरुङको भने सकेनन्

काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदको निर्वाचन जितेका छन् । आफ्ना प्रतिद्वन्द्वीलाई कैयौं गुणा धेरै मत अन्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन् । यससँगै उनले नेपालको निर्वाचन इतिहासको ठूलो किर्तिमान तोडेका छन् ।
लामिछानेले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई सबैभन्दा धेरै मत अन्तरले पराजित गर्ने उम्मेदवारको किर्तिमान बनाएका छन् । लामिछानेले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जितनारायण श्रेष्ठलाई ४३ हजार ६२ मत अन्तरले पराजित गरे । लामिछानेले ५४ हजार १७६ मत पाउँदा श्रेष्ठले ११ हजार ११४ मत मात्र प्राप्त गरे ।
यसअघि आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई सबैभन्दा धेरै अन्तरले पराजित गर्ने उम्मेदवारको किर्तिमान पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नाममा थियो । भट्टराईले २०६४ को संविधानसभा निर्वाचनमा नेकपा माओवादीको तर्फबाट चुनाब लड्दा आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्रप्रसाद न्यौपानेलाई ४० हजार १२९ मत अन्तरले पराजित गरेका थिए । त्यतिबेला भट्टराईले ४६ हजार २७२ मत पाएका थिए भने कांग्रेसका न्यौपानेले ६ हजार १४३ मत पाएका थिए ।
लामिछानेले संसदीय निर्वाचनमा इतिहासमै सबैभन्दा धेरै मत पाउने उम्मेदवारको रुपमा किर्तिमान बनाउनबाट भने चुकेका छन् । संसदीय निर्वाचनमा सबैभन्दा धेरै मत पाउने उम्मेदवारको किर्तिमान नेकपा एमालेका पार्वत गुरुङको नाममा छ । गुरुङले २०७४ को संसदीय निर्वाचनमा ५५ हजार ४५७ मत प्राप्त गरेका थिए । लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरे । लामिछानेको मत गुरुङको भन्दा १ हजार २८१ कम हो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया