
नेविसंघ कपिलवस्तुले वृक्षरोपण गरि मनायो ५४ औं स्थापना दिवस

कपिलवस्तु । नेपाल विधार्थी संघ कपिलवस्तुले ५४ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । बुधबार जिल्लाका विभिन्न क्याम्पसमा विभिन्न कार्यक्रम गरि नेविसंघले ५४ औं स्थापना दिवस मनाएको हो ।
सो क्रममा बाणगंगा नगरपालिका १ मा अवस्थित सिद्धार्थ क्याम्पस परिसरमा वृक्षरोपण गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य राजेश आचार्यको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रदेश सभा सदस्य आचार्यलेले वृक्षरोपण कार्यक्रमले बढ्दो जलवायु परिवर्तनलाई सन्तुलन गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए । उनले विभिन्न राजनीतिक परिवर्तन र शैक्षिक आन्दोलनहरुमा नेविसंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले पछिल्लो समय नेविसंघ अस्थिर र प्रभावहीन बन्दै गएको भन्ने आरोपलाई चिर्न आवश्यक रहेको बताए ।
क्याम्पसको सौन्दर्यीकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको क्याम्पसका स्ववियू सभापति निलकमल थारुले बताए । बढ्दो वातावरण प्रदुषणलाई कम गर्दै स्वच्छ हावा प्रत्याभूति गर्न सबैले यस्ता कार्यक्रम गर्नुपर्ने उनको भनाई छ ।
स्ववियू सभापति थारुले क्याम्पस र विधार्थीको वृहत्तर हितको लागी काम गर्दै जाने प्रतिवद्धता जनाए ।
सो अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो । कार्यक्रममा कांग्रेस नेताहरु विष्णु थापा, सुर्यप्रसाद बराल, गणेश बहादुर क्षेत्री, मनोज पौडेल, पदम बहादुर सेन, मिन थापा, टिआर पाण्डे लगायतको उपस्थिति रहेको थियो । विसं २०२७ वैशाख ६ गते काठमाडौंंको स्वयम्भूस्थित सत्तलमा नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसंघको स्थापना भएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया