
अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजियो : रवि लामिछाने

काठमाण्डाै
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले डाक्टर ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजिएको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले अडियोलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भए भरको शक्ति लगाउन लागिएको आरोप लगाउनु भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले आउँदो वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपचुनावको प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ । यही बेला चुनावलाई प्रभावित पार्ने खोजिएको उहाँले दाबी गर्नु भएको हो ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी भ्रष्टहरुलाई राख्ने र जोगाउने पार्टी नभएको दाबी गर्नु भएको छ । उहाँले लेख्नु भएको छ : ‘पैसाको लेनदेन हुनु त परेको कुरा लेनदेनको कुरा मात्रै पनि हामी सहदैनौँ । कडा भन्दा कडा कारबाही गर्छौँ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो हिजो सार्वजनिक भएको थियो ।
अडियोमा श्रेष्ठले गएको पुसमा आफूलाई स्वास्थ्य मन्त्री बन्ने अफर आएको र त्यसको लागि साढे दुई करोड रुपैयाँ चाहिएको भन्दै दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ माग्नु भएको थियो ।
यो अडियो सार्वजनिक भएपछि उहाँलाई पार्टीले तत्कालको लागि निलम्बन गरेको छ । छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउन श्रेष्ठलाई निर्देशन दिइएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया