

आईपीएल क्रिकेट : लखनउले दिल्लीलाई ५० रनले हरायो



काठमाण्डाै
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको छ । घरेलु मैदान लखनउमा भएको खेलमा पाहुना टोली दिल्लीलाई हराउँदै लखनउले विजयी सुरुवात गरेको हो ।
लखनउले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनायो । दिल्लीका कप्तान डेविड वार्नरले सर्वाधिक ५६ रन बनाए । लखनउका मार्क उडले ५ तथा आवेस खान र रवि बिष्नोईले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।
लखनउका कायल मेयर्सले ७३ रनको अर्धशतकीय पारी खेले । दिल्लीका खलिल अहमद र चेतन साकरियाले समान २/२ तथा अक्षर पटेल र कुलदीप यादवले समान १/१ विकेट लिए । जितसँगै लखनउले २ अंक जोडेको छ ।
हिजो भएको पहिलो खेलमा पञ्जाब किङ्ग्सले कोलकता नाइट राइडर्सलाई डीएल पद्धतिमा ७ रनले हराएको थियो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया