
जनताबाट अस्वीकृत भएकाहरु नै उम्मेदवार

काठमाडौं
बारा–२ बाट निर्वाचित रामशहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसंगै रिक्त रहेको सो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
यतिबेला दलहरुले यस क्षेत्रमा चुनावी प्रतिष्पर्धाका लागि धमाधम उम्मेदवार सिफरिस गरिरहेका छन् । तर, अहिलेसम्म बारा–२ मा चुनावी प्रतिष्पर्धाका लागि सतहमा आएका नामहरु भने गएको विर्वाचनमा केहि समय पहिले मात्रै जनताबाट अस्विकृत भएका हुन् ।
बैशाख १० गते प्रतिनिधिसभामा रिक्त तिनवटै निर्वाचन क्षेत्रमा एकसाथ उपनिर्वाचन हुँदैछ । त्यसमध्ये सवैभन्दा चर्चामा रहेको निर्वाचन क्षेत्र हो बारा–२ । मंसिर ४ को निर्वाचनबाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रिपति बनेसंगै यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
यस क्षेत्रमा अहिलेसम्म जनता समाजवादी पार्टी, लोकतान्त्रीक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी लिने तयारी गरेका छन् । तर, बिडम्बना यस क्षेत्रको उपनिर्र्वाचनमा उम्मेदवारको रुपमा सिफारिस भएका चारै जना गत मंसिर ४ को निर्वाचनमा पराजित अनुहार हुन ।
जसपाका अध्यक्ष उपेन्द्र यादव गत निर्वाचनमा सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।
उनी बारा–२ मा उम्मेदवार बन्ने निश्चित जस्तै छ । त्यस्तै, सर्लाहि–२ बाट पराजित भएका लोसपाका बरिष्ठ नेता राजेन्द्र महतो पनि उम्मेदवार बन्ने तयारीमा छन् ।
मंसिर ४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएर सोहि क्षेत्रमा पराजित भएका शिवचन्द्र कुशवाह पार्टी परिवर्तन गरेर जनमत पार्टीबाट चुनावी प्रतिष्पर्धामा जाने भएका छन् ।
यता, काठमाडौं–१ बाट हार व्यहोरेका नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल पनि बारा–२ को चुनावी प्रतिष्पर्धामा भाग लिने गरि रास्वपामा समाहित भएका छन् ।
उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारको रुपमा सिफारिस गरेको छ । यसरी केहि महिना अघि मात्रै जनताबाट अस्विकृत भएका नेताहरुलाई उपचुनावमा उम्मेदवार सिफारिस गर्नु लोकतन्त्रको उपहास भएको राजनीतिक विश्लेषक शास्त्रदत्त पन्त बताउँछन् ।
यसरी जनताले नरुचाएका नेताहरु फेरी चुनावी प्रतिष्पधार्मा पठाएर संसद छिराउने दलहरुको प्रवृतिले पछिल्लो समय मुलुककोे संविधान र निर्वाचन प्रणाली माथि नै प्रश्न उठ्न थालेको छ ।
अझ, एक ठाउँका जनताको मत नपाएर पराजित भएका व्यक्तिहरु निर्वाचन क्षेत्र परिवर्तन गरेर चुनावमा भाग लिनु जनमतको अवमुल्यन हुने धेरैको बुझाई छ । यसले जनतामा राजनीति प्रति बितृष्णा त पैदा गरिरहेको छ नै, लोकतन्त्र र शासन प्रणालीमाथि नै पेचिलो प्रहार हुने आशंका पनि उत्तिकै छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया