
दलहरुले नै मिटरब्याजीलाई संरक्षण गरिरहेका छन् : सांसद पौड्याल

काठमाडौं
राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीलाई संरक्षण नगर्न राजनीतिक दलहरुलाई आग्रह गरेकी छन् ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. पौड्यालले मिटरब्याजीहरुलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितले भनिरहेको बताइन् ।
‘हिजो हामी जाँदा त्यहाँका महिलाहरुले के भन्नुभयो भने नि, उहाँ (मिटरब्याजी)हरु दलका कार्यकर्ता हुन्, दलका नेताहरु हुन्, उहाँहरुले सिडिओ, पुलिसलाई चिन्नुहुन्छ त्यसकारण हामीले न्याय पाउँछौँ ? प्रश्न त्यो हो । दलका कार्यकर्तालाई हामीले संरक्षण गरिरहेका छौँ ? दलहरुले बोल्नुपर्यो’ उनले भनिन् ।
राजनीतिक दलहरुले आफ्ना दलबाट त्यस्ता कामहरु भएका छन् भने, आफूले संरक्षण गरेका व्यक्तिबाट मिटरब्याजमा पैसा लगाउने काम भएको भए रोक्नुपर्ने पौड्यालले बताइन् ।
उनले मिटरब्याज पीडितलाई खुलामञ्चमा बस्न नदिएकामा पनि असन्तुष्टि जनाएकी छन् । ‘खुल्लामञ्च काठमाडौंको मात्रै पेवा रहेछ । मधेशबाट आउने मधेशी महिलाहरुले त्यहाँ खुट्टा टेक्न नपाउने ?’ सांसद पौड्यालले प्रश्न गरिन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया