

विद्यालयमा गोली चल्दा ६ जनाको ज्यान गयो



एजेन्सी
अमेरिकाको एउटा प्राथमिक विद्यालयमा गोली चल्दा ६ जनाको ज्यान गएको छ । टेनेसी राज्यको नासभिल सहरको एक प्राथमिक विद्यालयमा गोली चलेको बीबीसीले जनाएको छ ।
११ वर्षसम्मका बालबालिका अध्ययन गर्ने निजी विद्यालयमा झण्डै दुई सय विद्यार्थी थिए । ज्यान गुमाउनेहरुमा तीन जना नौ वर्षका बालबालिका र तीन जना ६० वर्ष तथा त्योभन्दा माथिका नागरिक रहेका छन् । विद्यालयमा जथाभाबी गोली चलाउने व्यक्ति २८ वर्षकी स्थानीय महिला रहेको र उनलाई पनि प्रहरीले गोली हानेको छ ।
गोली लागेकी महिलाको ज्यान गएको बीबीसीले जनाएको छ । गोली चलाउने महिला त्यही विद्यालयकी पूर्व विद्यार्थी रहेकी समेत प्रहरीले जनाएको छ । राष्ट्रपति जो बाइडेनले जथाभाबी गोली चलाउने घटना रोक्नका लागि कारबाही थाल्न संसद्लाई निर्देशन दिनुभएको छ ।
अमेरिकामा पछिल्लो समय विद्यालयमा जथाभाबी गोली चलाउने घटना बढिरहेका छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया