

पसल र गाडीमा किन झुण्डाइन्छ कागती र खुर्सानीको माला ?




पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ ।
हुन त यसलाई अन्धविश्वास भनेर टार्न सकिएला तर कागती र खुर्सानीको यो संयोगले स्वास्थ्य पनि राम्रो बनाउँछ ।
वास्तुदोष हटाउनका लागि कागती र खुर्सानी घरमा लगाउन प्रेरित गरिन्छ । हुन पनि घरमा कागतीको रुख भयो भने वातावरण स्वच्छ र सकारात्मक ऊर्जायुक्त हुन्छ । सबैले घरमा रुख रोप्न नसक्ने भएकाले कागती र खुर्सानीको एक सेटले काम चलाउँछन् ।
कागतीमा धागो उन्दा कागतीबाट सुगन्ध निस्कन्छ र वातावरणमा फैलिन्छ । यसले मूड पनि फ्रेश गराउँछ अनि कीरा पनि भगाउँछ । यस्ता कागती एक हप्ताभि त्र बासी हुने भएकाले प्रत्येक हप्ता परिवर्तन गर्नुपर्छ ।
हावालाई सफा बनाउनका लागि कागतीको अमिलोले राम्रो भूमिका खेल्छ । कागती र खुर्सानीले प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँछन् ।
एउटा कागती र सातवटा खुर्सानीलाई धागोमा उन्नुपर्छ । आफ्नो ढोकामा झुण्ड्याउनुस् र प्रत्येक हप्ता परिवर्तन गर्नुस् । यो देखावटीको वस्तु होइन, स्वास्थ्यका लागि लाभदायक कुरा हो ।
एजेन्सी


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया