

सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था बुझ्न देउवा र सभामुख कीर्तिपुरमा



काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरस्थित बोर्न अस्पताल पुगेका छन् ।
सभापति देउवा बिहीबार बिहान चन्द्र भण्डारी र उनकी आमा हरिकलाको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर पेगेका हुन् ।
त्यस्तै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेको बताइएको छ ।
सभामुखले भण्डारीको उपचारमा कुनै कमी हुन नदिन र संवेदनशील हुन आग्रह गरेको पनि जनाइएको छ ।
गएराति भण्डारी र उनकी आमाको काठमाडौं बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्टर विस्फोट हुँदा गभ्मीर घाइते भएका छन् ।
विस्फोटमा परि चन्द्र भण्डारीको २५ प्रतिशत शरीर जलेको छ भने उनकी आमा हरिकलाको ७० प्रतिशत शरीर जलेको छ ।
उनीहरुको अवस्था जटिल भएकाले थप उपचारका लागि भारत लैजान अस्पतालले सिफारिस गरेको छ ।








प्रतिक्रिया