

एक वर्षदेखि विद्युत् विस्तार अलपत्र

सल्यान — विद्युत् लाइन विस्तार गरेको एक वर्ष बितिसक्दा पनि दार्मा गाउँपालिका–४ मौलाहाले, रामीडाँडा, कुमाख गाउँपालिका–२ शान्तिबजार, नेटा र सिद्धकुमाख गाउँपालिका–२ भडारेका किसानले अझै बत्ती बाल्न पाएका छैनन् । अधिकांश काम सकिएको योजनामा ट्रान्सफर्मर जडान नहुँदा स्थानीयहरू अँध्यारोमा बस्न बाध्य भएका हुन् ।
टान्सफर्मर खरिदमा भएको टेन्डर ढिलाइका कारण तीन पालिकाका ४ वडावासी रातिको समयमा अझै पनि सल्ले झर्रो र टुकीको भरमा छन् । गाउँमा हुनेखाने केहीले सोलार जडान गरे पनि खोच भएकाले पर्याप्त घाम नलाग्दा १/२ घण्टा पनि बत्ती नबल्ने भडारेका श्याम बुढाले बताए । उनका अनुसार अझै पनि मौलाहाले र रामीडाँडाका १ हजार, भडारे र टाकुराका ९ सय र शान्ति बजार र नेटाबजारका ५ सय घरधुरी अँध्यारो बनेका हुन् ।
योजना निर्माणको काम सकिएपछि बन्गाडकुपिण्डे नगरपालिकाका २ र ३ वडा, बाग्चौर नगरपालिकाका ११ र १२ वडा र कालिमाटी गाउँपालिकाका २ र ४ वडामा भने बिजुली बलिसकेको उनले जानकारी दिए । तीन वटा योजनाको काम सकिएपछि झन्डै २ हजार घरमा बिजुली बलेको उनले बताए । ‘अबको ६ महिनाभित्र ती ठाउँमा पनि बिजुली बल्छ,’ उनले भने, ‘टेन्डर आह्वानको काम एक साताभित्रै गर्छौं ।’
: कान्तिपुर


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया